आज सुनचाँदीको मूल्य बढ्यो

  Sampatti News Online

January 9, 2023

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा दश रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीकाे मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति:January 9, 2023