जुनसुकै भ्रष्ट्राचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौँ

  Sampatti News Online

January 9, 2023

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि बेलामा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार छानबिनमा सरकार कटिबद्ध रहेको बताए ।

उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए । उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पार्न नहुने बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला’ उनले भने ।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए । ‘मुलुक र मुलुकवासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौँ’ उनले भने, ‘हाम्रो सांसदहरूको सांसदका कारण शिर झुकाउनुपर्ने छैन ।

प्रकाशित मिति:January 9, 2023