January 9, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार ४६.७६ अंकले बढेर दुई हजार दुई सय ११ दशमलब ३८ विन्दुमा बन्द भएको छ । आज पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक बढेको छ।
नेप्सेका अनुसार आज कारोबार भएका आठ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, खप्तड लघुवित्त वित्तीय संस्था रहेका छन् ।
त्यस्तै, आठ कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भनदा बढीले बढेको छ । जसमा राधी विद्युत कम्पनी, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, पिपुल्स हाइड्रोपावर, हिमालयन पावर पार्टनर, पञ्चकन्यामाइ हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, कुमारी धनवृद्धि योजना र घलेम्दी हाइड्रोपावर रहेका छन् ।
प्रकाशित मिति:January 9, 2023
November 25, 2024