प्रतिनिधिसभाको पहिलो बैठक

  Sampatti News Online

January 9, 2023

काठमाडौं । आज संघीय संसद् अधिवेशनअन्तर्गत सोमबार प्रतिनिधिसभाको बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

आजैको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलको मनोयन गरेका छन् । पहिलो बैठकमा सभामुखको भूमिकामा रहेका संसदका ज्येष्ठ सदस्य पशुपति सम्शेर राणाले राष्ट्रपतिको अधिवेशन आह्वानको पत्र पढेर सुनाएपछि बैठक सुरु भएको थियो । त्यस्तै, उनले प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रलगायत सात दलीय गठबन्धन सरकार बनेपछि बसेको आज बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिन एक दिन अगाडि प्रतिनिधिसभा बैठक बसेको हो ।

प्रकाशित मिति:January 9, 2023