विश्वासको मत लिन संसद् बैठक सुरु

  Sampatti News Online

January 10, 2023

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजै बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक नेपाली कांग्रेसको अनुरोधमा सारिएको हो । आज उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने एउटा मात्र कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:January 10, 2023