नियमविपरीत गए काठमाडौँ महानगरले कारबाही गर्ने

Nepal Cover
२६ पुष २०७९, मंगलवार
image

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका सडक पेटी फुटपाथ तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्नरगराउन निषेध गरिएको छ । आज एक सूचना जारी गर्दै महानगरभित्र फुटपाथ व्यापार निषेध गरिएको जनाएको हो । महानगरको सूचना विपरीत कसैले फुटपाथ अतिक्रमण गरी व्यापार गरे हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

‘जोसुकैले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सडक पेटी फुटपाथ वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रूपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ र ९७, फोहर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ र काठमाडौँ महानगरपालिकाको विषय सम्बद्ध कानुन बमोजिम हदैसम्मको सजाय गरिनेछ,’ महानगरद्वारा सूचनामा भनिएको छ ।