January 10, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन बजारमा तिव्र उतार चढाव देखिएको छ । बजार २२७७.४२ अंकको माथिल्लो विन्दुसम्म पुगेको परिसूचक २१७९.६४ अंकसम्म ओर्लिए फेरि २१९०. ४२ अंकमा पुगेर बन्द भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अंकले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको छ । त्यस्तै, आज सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । तारागाउ रेजेन्सी होटलको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी न्यग्द्री ग्रुपको भएको छ । यसको आज २२ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति:January 10, 2023
November 24, 2024