January 12, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहारो अंकले घटेको छ । निरन्तर रुपमा बढेको शेयर बजारमा मंगलबारदेखि गिरावट आएको हो ।
आज नेप्से ४१.०२ अंकले घटेर दुई हजार एक सय ४९ दशमलब ४१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २१.३५ अंकले घटेर दुई हजार ९० दशमलब ४५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट छ । आज ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बाणिज्य बैंक, होटल र उत्पादन मुलुक समूहका कारण पुँजी बजारमा सामान्य गिरावट आएको छ । यी तीन समूहमध्ये बाणिज्य बैंक समूहले बजारमा ठूलो हिस्सा ओगट्छ ।
आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी, बाराही हाइड्रोपावर र एनआइबीइल समृद्धि फण्ड–२ रहेका छन्
आज गुँरास लघुवित्त व्त्तिीय संस्थाको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यसको आज २२ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति:January 12, 2023
November 24, 2024