सरकारले गरे १६ जना उपसचिवको सरुवा

  Sampatti News Online

January 13, 2023

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका झनक कुमार खत्रीलाई रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगका कपिल प्रसाद उपाध्याय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भुवन पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएको छ भने सोही मन्त्रालयका पोषणराज भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवल पठाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उमाकान्त अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका थानेश्वर भूसालााई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौडा सरुवा गरिएको छ । 

यस्तै गुलरिया नगरपालिका बर्दियामा कार्यरत सुरेश सुनारलाई गृह मन्त्रालय, निजगढ नगरपालिका बारका सुमन धितालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भिम प्रसाद भट्टराईलाई गृह मन्त्रालय, अर्थ मन्त्रालयका इन्द्रदेव पाण्डेलाई जिल्ला समन्वय समिति मुस्ताङ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का अनुप न्यौपानेलाई गृह मन्त्रालय पठाएको छ भने सामान्यकै हिरा गोपाल महर्जन र मनीश कुमार सिंहलाई क्रमशः अर्थ र राष्ट्रिय किताब खाना सरुवा गरेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जितेन्द्र प्रसाद शर्मालाई खानेपानी मन्त्रालय, चौरजहारी नगरपालिका रुकुम (पश्चिम)मा कार्यरत गोकुल ढुङ्गेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निरोज दाहाललाई सहरी विकाश मन्त्रालयमा सरुवा गरिएको छ । 

प्रकाशित मिति:January 13, 2023