प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

Nepal Cover
१ माघ २०७९, आईतवार
image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद्को बैठक आकस्मिक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

दुर्घटनाप्रति प्रचण्डले दु:ख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।