पोखरामा भएको विमान दुर्घटनामा ७२ जना यात्रु नाम खुल्यो (नामसहित)

  Sampatti News Online

January 15, 2023

काठमाडौं,१ माघ । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

सम्पति न्यूजकाे प्राप्त जानकारी अनुसार मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। विमानमा सवार यात्रुहरुको नामावलीः

  • नेपाली यात्रु :
  • किसान आचार्य
  • निशान्त आचार्य
  • शालिगराम आचार्य
  • सडकात अलिमिया
  • पूर्ण बहादुर गुरुङ
  • जितेन्द्र बहादुर कुँवर
  • एलिना बन्ड्रो
  • अनिशा बानियाँ
  • स्लक भट्ट
  • निरा छन्त्याल
  • आशिमा गुरुङ
  • अनुशा गुरुङ
  • बेलमान गुरुङ
  • विजयकुमार गुरुङ
  • जीवनकला गुरुङ
  • माया गुरुङ
  • लक्कि गुरुङ
  • शिवकुमार गुरुङ
  • सिता गुरुङ
  • यमुना गुरुङ
  • यास्मिन गुरुङ
  • रविन हमाल
  • सन्जय जैसवाल
  • सोनु जैसवाल
  • रचना काफ्ले
  • सीता कुमारी खड्का
  • अनिल कुमार राजभार
  • भगवती कुँवर
  • अविशेक कुश्वाह
  • ओम माया गुरुङ
  • सुस्मा पाण्डे
  • हरि परियार
  • लक्ष्मी परियार
  • रिता परियार
  • अरुण पौडेल
  • लक्ष्मी पौडेल
  • प्रसिद्धि पौडेल
  • त्रिभुवन पौडेल
  • पोजन राना
  • सविना रायमाझी
  • राजन सापकोटा
  • अनिल शाही
  • संगिता शाही
  • जमुना शर्मा
  • विशाल शर्मा
  • युवराज शर्मा
  • मोहन श्रेष्ठ
  • डा। शोना दिवाकर
  • बन्दना सुनार
  • राजुसिंह ठकुरी
  • चुर्ण थापा
  • गणेश थापा
  • लवराज तिमिल्सिना

विदेशी यात्रु

  • मेरोल लभ
  • आयूरी ल्यागीन
  • भिक्टर ल्यागीन
  • जेनितसन्डरा पालाभेकिनो
  • भिक्टोरिया अतुनिना
  • इलिना बण्डुरो
  • रुअनकालुम क्रिघ्टोन
  • एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

  • कृष परियार
  • प्रसिद्धी पौडेल
  • आयुर्दि शर्मा
  • बेबी शर्मा
  • अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

प्रकाशित मिति:January 15, 2023