विमान दुर्घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन

Nepal Cover
१ माघ २०७९, आईतवार
image

काठमाडाै। सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

समितिका सदस्यहरूमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवं हवाईविज्ञ दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन एवं हवाईविज्ञ सुनील थापा र इन्जिनियर टेकराजजंग थापा तथा सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

समितिलाई दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा सुरक्षाका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न ४५ दिनको समय  दिइएको बैठकपछि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

बैठकले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।