दुर्घटनास्थलको अवलोकन गर्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जादै

  Sampatti News Online

January 15, 2023

यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने पोखरा जान लागेका हुन्।

मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री र गृहमन्त्री पोखरा जान लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। 

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए।

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।

प्रकाशित मिति:January 15, 2023