६८ जनाको शव फेला

Nepal Cover
१ माघ २०७९, आईतवार
image

काठमाडौँ। सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । 

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

उनकाअनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।