दुई लुघुवित्त वित्तीय संस्थाले गरे लाभांशको घोषणा

Nepal Cover
२ माघ २०७९, सोमबार
image

काठमाडौं । सोमबार (अाज) इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ८ करोड २९ लाख २ हजार ६५६ रुपैयाँ बराबरको बोनस शेयरदिने घोषणा गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । आयकर ऐन २०५८ बमोजिम बोनस शेयर वितरण गर्दा लाग्ने कर छुटको सुविधा रहेको हुँदा कर प्रयोजनका लागि नगद लाभांश नछुट्याएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेका चुक्ता पुँजीको ११ प्रतिशतका दरले हुन आउने ९४ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५७८९४७३७ प्रतिशतका दरले हुने आउने ४ लाख ९६ हजार ७३६ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।