बढ्यो सुनको मूल्य

Nepal Cover
२ माघ २०७९, सोमबार
image

सुनको मूल्य निरन्तर चौथो दिन उकालो लागेको छ। गत साताको बिहीबारदेखि उकालो लागेको सुनको मूल्यले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ रहेको छ।

सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। आइतबार १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।