विमान दुर्घटनामा मृत्यु हुनेमा एउटा अधिकृत पनि

Nepal Cover
२ माघ २०७९, सोमबार
image

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत पनि रहेका छन्।

नवलपरासी (व सु पू) कावासोती–६ विष्णु नगरका मोहनप्रकाश श्रेष्ठको मृत्यु भएको हो। यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ।

श्रेष्ठ विगत पाँच वर्षदेखि कृषि ज्ञान केन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रूपमा कार्यरत थिए।

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन्। श्रेष्ठको परिवारमा आमाबुवा, श्रीमती र एक छोरी छन्।