January 17, 2023
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्हरु शीतलनिवास कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरूले शपथ लिएका हुन् ।
राष्ट्रपतिले सबैभन्दा पहिले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीका रूपमा राजेन्द्र लिङ्देनलाई शपथग्रहण गराइन् । त्यसपछि मन्त्रीहरूलाई शपथ गराइएको थियो ।
एमालेबाट हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला, बालबालिका, ज्वालाकुमारी साहले कृषि र राजेन्द्र राईले भूमि व्यवस्था सहकारी मन्त्रीको शपथग्रहण गरे ।
यस्तै, राप्रपाबाट ध्रुवबहादुर प्रधानले कानुन, विक्रम पाण्डेले सहरी विकासमन्त्रीको शपथ लिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्यालले शपथ लिए ।
माओवादीका रेखा शर्माले सूचना प्रविधि तथा सञ्चार, सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ लिए ।
यस्तै, यसअघि विनाविभागीय मन्त्री रहेका जनमत पार्टीका अब्दुल खानले वन मन्त्रीको पनि शपथग्रहण गरे ।
आजै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहलाई शपथग्रहण गराए ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत उपस्थित थिए ।
प्रकाशित मिति:January 17, 2023
November 24, 2024