सुनको मूल्यमा निरन्तर गिरावट, कति छ आजको भाउ ?

Nepal Cover
४ माघ २०७९, बुधबार
image

काठमाडौं । केहि दिन यतादेखि नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर घटेको छ । मंगलबार सामान्य अंकले घटेको सुनको भाउ आज पनि तोलामा ६ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगबार सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँमा कारोबार भइरहेको थियो । तर, आज उक्त मूल्य घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।