तीन शेयर ब्रोकरलाई कारबाही

Nepal Cover
४ माघ २०७९, बुधबार
image

काठमाडौं ।  मंगलबार धितोपत्र बोर्डले एक सूचना जारी गर्दै तीन शेयर ब्रोकरले समयमा विवरण नबुझाएकाेले कम्पनीलाई कारबाही गरिने जनाएको छ ।  दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम कारबाही गरेको समेत सूचनामा उल्लेख छ  । 

उक्त कम्पनीले तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले  दश हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

त्यसैगरी, धितोपत्र दलालव्यवसायीहरु त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्यूरिटिज कम्पनीले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली उलंघन गरेकाले कारबाही गरेको छ । उनीहरुले २०६४को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९।८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेको आरोप लगाएको छ । 

त्यस्तैे धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश नगर्ने उल्लेखित धितोपत्र दलाल व्यवसायीहरु प्रत्येकलाई बोर्डले  पचहत्तर हजार रुपैंयाका दरले जरिवाना समेत गरेको छ ।