मन्त्रिपरिषद् पहिलो बैठक बसे

  Sampatti News Online

January 18, 2023

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

मङ्गलवार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्य विभाजन समेत भइसकेको छ ।

प्रकाशित मिति:January 18, 2023