नेप्सेमा सामान्य अंकको सुधार

  Sampatti News Online

January 19, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार  आज नेप्से ५.७१ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ८१ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज तीन अर्ब चार करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.२० रुपैयाँ पुगेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.५४ प्रतिशतले बढेर प्रतिकित्ता ४९८.४० रुपैयाँ पुगेको छ । 

समूहगत उप-सूचकतर्फ बैंकिङ क्षेत्र ०.६६ प्रतिशत, हाइड्रोपावर क्षेत्र १.०३ प्रतिशत, लगानी समूह १.७८ प्रतिशत, म्युचुअल फण्ड १.४७ प्रतिशत, निर्जीबन बीमा समूह ०.२१ प्रतिशत तथा व्यापार समूह २.६८ प्रतिशले बढेका छन् । भने बाँकी समूह सूचक घटेका छन् ।

आज कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंकका भएको छ । यसको आज १८ करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ ।      

प्रकाशित मिति:January 19, 2023