समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल

  Sampatti News Online

January 19, 2023

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्नेछ । उनले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए ।

उनले गठबन्धन कायम रहि रहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरूलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताए ।

उनले भने, ‘गठबन्धन कायम रहिरहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरूलाई जिताउन मुस्किल छ । त्यस कारण नयाँ सिराबाट हामीले जाने कुरा स्वाभाविक हो । निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउनको निम्ति मतदाताहरूसँग मत माग्नु स्वाभाविक हो । हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौं । हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन । प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति भयो । त्यही अनुसार काँग्रेसले विश्वासको मत दिएको अवस्था हो । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन । तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति समर्थन जुटाउने आजदेखि प्रयास गर्छौं ।’

उनले नेपाली काँग्रेसले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार काँग्रेसले विश्वासको मत दिएको पनि बताए ।

प्रकाशित मिति:January 19, 2023