सत्ता गठबन्धनलाई बलियो बनाउन आग्रह

  Sampatti News Online

January 22, 2023

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन्। यादव शनिबार ओलीलाई भेट्न निवास बालकोटमा पुगेका थिए।

ओलीले जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका हुन्।

जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल भएको छैन। जसपाका लागि २ मन्त्रालय खाली राखिएको छ। तर जसपाले असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन।

प्रकाशित मिति:January 22, 2023