सबै जातजातिको संस्कृति संरक्षण गर्नुपर्छ

Nepal Cover
८ माघ २०७९, आईतवार
image

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जातजाति, समुदायका परम्परागत पर्व र संस्कृति संरक्षण गर्नुपर्ने बताएका छन्।

सोनाम ल्होछारको अवसरमा आइतबार शुभकामना सन्देश जारी गरी उनले फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पुर्‍याउने बताएका छन्।

अध्यक्ष नेपालले मुलुकमा बसोबास गर्ने सबै जातजातिका समुदायका मौलिक चाडपर्व तथा संस्कृति नेपालको विशेषता रहेको उल्लेख गर्दै बहुसंस्कृतिले सम्पन्न नेपाल र नेपालीको गौरव अन्तर्राष्ट्रिय तहमा बढाएको तर्क गरेका छन्।

सोनाम ल्होछारका सन्दर्भमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।