नेप्सेमा दोहारो अंककाे गिरावट

  Sampatti News Online

January 23, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोसो दिन आज सोमबार दोहारो अंकले घटेको छ । आज नेप्से १३.७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा बन्द भएको हो ।

आज कारोबार भएका कम्पनीमध्ये ४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ ।

त्यस्तै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५७ स्टकको ६५ हजार १९४ पटकको कारोबारमा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको यस दिन २७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया, रिडी पावर, अपि पावर र एभरेष्ट बैंकको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.०८ अंक बढेको छ। त्यसैगरी, म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.६६ अंक बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:January 23, 2023