आजको विदेशी मुद्राको विनिमय दर

  Sampatti News

January 24, 2023

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ९३ पैसा र बिक्री दर १३० रूपैयाँ ५३ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ८२ पैसा र बिक्री दर १४२ रूपैयाँ ४७ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २२ पैसा र बिक्री दर १६१ रूपैयाँ ९६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ८ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति:January 24, 2023