योजना आयोगको नेतृत्व हत्याउन आधादर्जनको दौडधुप

  Sampatti News Online

January 24, 2023

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यो पटक जनताको मन जित्ने गरि काम गर्ने मुडमा छ्न। सुशासन र समृद्धि लाई मुख्य प्रार्थमिकतामा राखेर काम अगाडि बढाएका उहाँको चाहना पुरा गराउने सरकारी सन्यत्रहरु मध्ये बढी महत्त्व राख्ने राष्ट्रिय योजना आयोगको महत्त्वपूर्ण भुमिका रहेने मानिन्छ ।

सपना बोक्नु अनि पुरा गराउनु आफैमा चुनौतीपुर्ण हुन्छ ।तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएका उहालाई असफल हुने छुट यसपटक नभएको पनि महत्त्वपूर्ण निकायमा कामकाजी अनि सबै हिसाबले दक्ष ब्याक्तित्व हाम्रा भित्रका नि राम्रा मान्छेले जिम्मेवारी पाउन सके अबको उहाँको नेतृत्व जनताको बीचमा लोकप्रिय बन्न सक्ने आशा समेत छनोटमा पर्ने पात्रहरूको चयनले व्यक्त गर्न सकिने छ भनिन्छ ।

उहाँलाई सहयोग गर्ने पात्रहरूको यतिबेला धमाधम खोजी भैरहेको छ। यतिबेला उहाँको नजरमा पर्न पनि त्यतिकै संख्यामा दौडधुप नभएको भने होइन तर उहाँको तेस्रोपटकको जिम्मेवारीले अब बिगत जस्तो नाममात्रको सहयोगीको खोजी होइन परिणाम दिन सक्ने पात्रको खोजी भएको बुझिएको छ।राष्ट्रिय योजना आयोगले समग्र योजनाको छ्नोट मात्रै गर्दैन ।

सरकारलाई लोकप्रिय कार्यक्रम दिएर जनता बीच थप पपुलर बनाउने योजनाको छनोट गर्ने हुनाले यस निकायको नेतृत्व गर्ने उपाध्यक्ष काबिल ब्याक्तित्वको खोजी भैरहेकोमा सो निकाय ताक्ने डाक्टर रामकुमार फ्युयाल डाक्टर दिलबहादुर गुरुङ, डाक्टर सुनिल बाबु श्रेष्ठ, डाक्टर जनकराज जोशी र डाक्टर मीनबहादुर श्रेष्ठ लागिपरेको बुझिन आएको छ।

यी मध्ये डाक्टर मीनबहादुर श्रेष्ठले बिगतमा आयोगको नेतृत्व गरेको भएपनी उहाँको नेतृत्वले नत पार्टीलाई नत समग्र अपेक्षित लक्ष्य पुरा गराउन नै सफल हुनुभयो तसर्थ यस पटक कसैका निम्ति पटकपटक होइन यसपटक अनुभवबाट खारिएका ब्याक्तित्व चयन हुने सम्भावना रहेको देखिन्छ ।

बिगतमा डाक्टर श्रेष्ठले आयोग भित्रका कर्मचारीको बिश्वास जित्न नसक्दा समवन्य को कमीका कारण कुनै उपलब्धि हुन सकेन त्यो विश्लेषण चलिरहदा फेरि उहाले नै यसपटक नेतृत्वको लोभ गरिरहदा माओवादी पार्टी भित्र बाट नै टिप्पणी सुरु भएकाले नि यसपटक बिगतमा परिक्षण भएकालाई होइन। हाम्रा भित्रमा पर्ने राम्रा लाई जिम्मेवारी दिन पनि प्रधानमन्त्री समक्ष दवाब परेको बुझिन आएको छ यद्यपि प्रधानमन्त्री दाहाल स्वयं यस बिषयमा जानकार रहनुभएको बताइएको छ।

प्रकाशित मिति:January 24, 2023