सम्पर्क मञ्चका अध्यक्षहरु सम्मानित

  Sampatti News Online

January 24, 2023

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले समाजबादीको सहि बिचार भएकाले विपरीत राजनीतिक मान्यता बोकेका दलहरूको सत्ता।म स्वार्थका लागि गरिने गठबन्धन मुलुकका लागि खतरा रहेको बताउदै आफनो पार्टी जनहितमा केन्द्रित रहने बताएका छन् ।

रौतहट–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार समसमयिक राजनैतिक प्रशिक्षण तथा पूर्व अध्यक्षहरुको सम्मान कार्यक्रममा राजनीतिमा देशभक्ति, जनताप्रति सेवाको भावना, इमान्दारिता, त्यागको निष्ठा र समर्पणको खाँचो रहेको बताए ।

पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष नेपालको प्रमुख आतिथ्य र सचिवालय सदस्य घनश्याम भुषालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री बंशीधर मिश्र, स्थायि कमिटी सदस्य कल्याणी खड्का, पार्टी पोलिट्ब्युरो सदस्य रामकुमार भट्टराई, केन्द्रीय र सल्लाहकार परिषद् सदस्य शंकर बिश्वकर्मा डाक्टर दिपक गुप्ता ,बरिस्ठ अधिबक्ता सतिस झा वरिष्ठ पत्रकार गोबिन्द चौलागाईं लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मञ्चका ७ जना पूर्व अध्यक्षहरु संस्थापक अध्यक्ष प्रज्ज्वल चापागाई, गिरीधर मिश्र, नवराज तिमल्सिना, शंकर विश्वकर्मा, गोपाल श्रेष्ठ ,चिनकुमारी शिवाकोटी र मिनप्रसाद गौतमलाई प्रमुख अतिथि नेपालले सम्मान गर्नुभएको थियो।

मञ्चका अध्यक्ष सचित कुइकेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव नमोनारायण झाले सञ्चालन गरेका थिए ।सो कार्यक्रममा पार्टीका सचिवालय सदस्य भुसालले समसामयिक राजनीतिक प्रशिक्षण समेत दिनुभएको थियो।

प्रकाशित मिति:January 24, 2023