गृहमन्त्रीलाई नेता रघुवीर महासेठको सुझाव: प्रमाणित नभएसम्म अपराधी भन्न मिल्दैन

  Sampatti News

January 25, 2023

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो पार्टीको सम्पर्कमा नरहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता महासेठले भनेका छन्, सांसद महतो पार्टीको सम्पर्कमा नरहेको र यदि सरकारले पक्राउ गरेको हो भने सार्वजनिक गर्न माग गरेका हुन्।

उनले गृहमन्त्री रवि लामिछानेले पटक पटक पक्राउको आदेश दिएर एमाले सांसदलाई दुःख दिन खोजेको आरोप लगाए। उनले गृहमन्त्रीलाई कानुनअनुसार काम गर्न पनि सुझाव दिए।

कानुनअनुसार तपाईं काम गर्नुहोस् । लक्ष्मी महतोलाई समात्नै पर्नेछ भने समात्नुहोस्। नेकपा एमाले र नेकपाका नेताबाट कुनै अवरोध आउने छैन। तर एमाले नेताहरुलाई दुःख दिने काम नगर्नेहोस्। प्रमाणित नभएसम्म अपराधी भन्न मिल्दैन।’

उनले अघिल्लो सरकारले महतोलाई पक्राउ गर्नुको साटो सम्मानित गरेको आरोप लगाए। उनी अपराधी हुन् भने विगतको सरकारले किन पक्राउ गरेन भन्दै प्रश्न गरे।

उनले भने,’उहाँका बारेमा धेरै कुरा उठिराखेको छ। अपराधी भन्ने शब्द पनि प्रयोग गरिएको छ। प्रशासनले किन समातिएन ?यदि अपराधी हुन् भने निवर्तमान सरकारले महतोलाई किन विभूषित गर्यो ?

लक्ष्मी महतोसम्बन्धी घटना सात वर्ष पुरानो भन्दै विगतको सरकारले पक्राउ नगरेर एमाले सांसदलाई दुस्ख दिन खोजेको आरोप लगाए।
‘सात वर्षभन्दा बढी भइसक्यो। सशस्त्र प्रहरीका असइ को हत्या भएको छ। ३ वर्ष बढि पुनरावेदन अदालतले थुनचेकको आदेश दिएको,’उनले भने,’पहिलाको सरकारले किन समातेन ?

प्रकाशित मिति:January 25, 2023