शेयर बजारमा दोहोरो अंकको वृद्धि

Nepal Cover
११ माघ २०७९, बुधबार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १०.३७ अंकले बढेर दुई हजार एक सय ८३ दशमलब ६२ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज तीन अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र बलेफि हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन बाराही हाइड्रोपावर र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढी बढेको छ। यस दिन जानकी फाइनान्स, पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ भने

बुधबार नेप्से परिसूचक १०.३७ अंक बढेर २१८३.६२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन ०.२१ अंक घटेको छ।

यस दिन २६१ स्टकको ५४ हजार ३७७ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको ९५ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमाल दोलखा हाइड्रोपावरको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ग्रीनलाइफ हाइड्रोपावरको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।