एकाविहानै अध्यक्ष नेपाल गौर–पिपरा सडक निरिक्षणमा

  Sampatti News Online

January 25, 2023

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर–पिपरा सडक खण्डको निरिक्षण गर्नुभएको छ ।
गृहजिल्ला रौतहटमा पुग्नु भएका अध्यक्ष नेपालले बुधवार एकाविहानै सडक विस्तारको निरिक्षण गर्नुभएको छ । अध्यक्ष नेपालले यस सडक खण्डलाई महत्व दिँदै आउनुभएको छ । यतिबेला सडक विस्तारको काम चलिरहेको छ ।
निरिक्षणका क्रममा सडक विस्तारलाई तिव्रता दिन र भरपर्दो काम गर्न निर्देशन दिनुभएको छ ।
मंगलबार गृहजिल्ला प्रस्थान गर्नुभएका अध्यक्ष नेपालले जिल्लामा भइरहेका अन्य विकास निर्माणको अवलोकण र निरिक्षण गर्दै आउनुभएको छ । अझै दुई दिन रौतहटमै बस्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:January 25, 2023