राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सुरु

  Sampatti News Online

January 26, 2023

लमजुङमा राष्ट्रिय परिचय पत्रका लागि स्थानीय तहबाटै विवरण संकलन अभियान सुरु भएका छन् । जिल्लाको दोर्दी गाउँपालिकाबाट वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु भएको छ । अभियानअन्तर्गत पहिलो दिन दोर्दी गाउँपालिकाभित्र वडा नम्वर १, २, ३ र ४ मा आइतबारदेखि शिविर सुरु भएको हो ।

राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो दिन चारवटा वडाबाट अभियान सुरु गरिएको लमजुङ प्रशासनले जनाएको छ । दोर्दी गाउँपालिकाअन्तर्गतका बाँकी वडामा सोमबारदेखि शिविर सुरु हुनेछ । दोर्दी गाउँपालिकाका लागि मात्रै प्रत्येक वडामा दुईवटा स्टेसन रहनेगरी १८ वटा स्टेसन तयार गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रकाशित मिति:January 26, 2023