नेप्सेमा झिनो अंकले गिरावट

  Sampatti News Online

January 26, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से ०.३५ अंकले घटेर दुई हजार एक सय ८३ दशमलब २७ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सुर्यज्योती लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । 

आज समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनीको भएको छ । यसको आज ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।                                 

बुधबार इन्स्योरेन्स र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ। यस दिन नीर्जिवन बीमा उपसमूहको सूचक १.४९ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहको सूचक १.२७ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ०.८१ प्रतिशतले बढेको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको पनि ९.९८ प्रतिशतले बढेको छ।

यता समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.६७ प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ४.५० प्रतिशत, ग्रिन भेन्चर्सको ४.५० प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ४.५० प्रतिशतले घटेको छ।

बिहीबार समृद्धि फाइनान्सको सबैभन्दा धेरै ९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडि हाइड्रोपावरको ८ करोड ६१ लाख, आँखुखोला हाइड्रोपावरको ७ करोड ३८ लाख र नेपाल लाइफको ६ करोड ६७ लाख रुपैयााको शेयर कारोबार भएको छ।

प्रकाशित मिति:January 26, 2023