तोकियो राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन मिति

  Sampatti News Online

January 27, 2023

१३ माघ, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएको छ ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रियसभा उपाध्यक्ष पद २१ फागुन २०७८ देखि रिक्त छ ।

गोलाप्रथामा चार वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।

प्रकाशित मिति:January 27, 2023