रवि लामिछानेलाई सभापति बनाउन रास्वपाले बोलायो बैठक

Nepal Cover
१५ माघ २०७९, आईतवार
image

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार अपराह्न ३ः३० बजे  केन्द्रीय समिति बैठक बोलाएको छ, पार्टी प्रवक्ता मुकुल ढकालले बताए।

आजको बैठकमा पार्टी सभापतिमा पुनः लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो।

यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बनाएको थियो।

केन्द्रीय समितिबाट सभापतिमा पुनः लामिछानेलाई जिम्मेवारी दिने र त्यसको जानकारी अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने तयारी रास्वपाको छ।

लामिछाने सांसद नरहेकोले संसदीय दल नेताकाको जिम्मेवारी भने श्रमन्त्रीसमेत रहेका अर्याललाई नै निरन्तरता दिने तयारी छ। संसदीय दल नेतामा पनि अर्याललाई तोक्ने निर्णय गत शुक्रबार नै भइसकेको थियो।