नेप्सेमा उच्च अंकको गिरावट

Nepal Cover
१६ माघ २०७९, सोमबार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोसो दिन आज सोमबार उच्च अंकले घटेको छ । आज नेप्से ४१.०१ अंकले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा बन्द भएको हो । त्यस्तै, शेयर बजारमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा लुम्बिनी जनरल इन्स्यारेन्स र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् । 

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिडी पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ