हेटौँडा उपमहानगरले हटायो करारका कर्मचारी

Nepal Cover
१८ माघ २०७९, बुधबार
image

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीहरू समेतलाई हटाइएको हो ।

उपमहानगरपालिकामा चौथो तह, पाँचौँ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको प्रमुख लामाले बताइन् ।

उनले भनिन्, ‘सरकारको निर्णय अनुसार नै कर्मचारी हटाएका हौ, बाकी केही कर्मचारी पदपूर्तिका लागी प्रदेशलाई भनेका छौ ।’ उनले अगाडी भनिन् ‘केही पदपूर्ति भइसकेको छ, बाकी बिस्तारै गर्दैछौ ।’