सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

  Sampatti News Online

February 2, 2023

काठमाडौं, माघ १९ । सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । गत माघ १२ गते सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो ।

उक्त मूल्यको रेकर्ड तोड्दै बिहीबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार एकैदिन १२ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:February 2, 2023