रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

  Sampatti News Online

February 2, 2023

काठमाडौंसात दलीय भागबन्डामा परेको गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने वा अडिने भन्ने अन्तिम निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले बिहीबार साँझ बैठक बोलाउने तयारीका लागि सभापति रवि लामिछानेसँग छलफल भएको बताएका हुन्।

रविले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घन्टा कटिसके पनि रास्वपा हालसम्म सरकारबाट बाहिरिएको छैन। प्रधानमन्त्रीले पार्टीलाई गृह मन्त्रालय दिने–नदिनेबारे कुनै संकेत नदिइएकाले बैठक बसेर अन्तिम निर्णय गर्न लागिएको प्रवक्ता ढकालले जानकारी दिए।

१३ माघमा नागरिकता प्रकरणका कारण सभापति लामिछानेको उपप्रधान एवं गृहमन्त्री र सांसद पद खारेजीमा परेको छ। नागरिकता प्रकरण सल्टिएपछि पुनः गृहमन्त्रीमा नियुक्त गर्न पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे पनि अस्वीकारेपछि लामिछानेले सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी प्रधानमन्त्रीलाई दिइसकेका छन्।

१५ माघमा नेपाली नागरिकता पुनप्राप्ति गरेपछि रविले आफूलाई गृहमै जिम्मेवारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको, दोहोरो राहदानी दुरुपयोग  मुद्दाको अन्तिम किनारा नलागेकाले रास्वपालाई गृह मन्त्रालय नदिने निर्णयमा प्रधानमन्त्री र उनको पार्टी नेकपा माओवादी केन्द्र छन्। सोही कारण रास्वपाभित्र सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन दबाब परेको छ।

रविले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घन्टा कटिसके पनि रास्वपा हालसम्म सरकारबाट बाहिरिएको छैन। प्रधानमन्त्रीले पार्टीलाई गृह मन्त्रालय दिने–नदिनेबारे कुनै संकेत नदिइएकाले बैठक बसेर अन्तिम निर्णय गर्न लागिएको प्रवक्ता ढकालले जानकारी दिए।

प्रकाशित मिति:February 2, 2023