रविलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले गरे आत्मदाहको प्रयास

  Sampatti News Online

February 2, 2023

काठमाडौँ । जुम्लामा रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाउन प्रयास गरेका छन् ।

जुम्ला सदरमुकाम खलङ्गाका ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्के पनि लाइटर नबल्दा क्षति भने हुन पाएन । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत छन् ।

अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:February 2, 2023