रिलायन्स र सानिमा लाइफले मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलायो

  Sampatti News Online

February 3, 2023

रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) र सानिमा लाइफ इन्स्योरेन्सले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले फागुण १२ गते एकैदिन बिहान ११ बजे छुटा छुटै स्थानमा बैठक बोलाएको हो ।

रिलायन्स लाइफले लिसारा रिसेप्सन्स, नक्साल काठमाडौं र सानिमा लाइफले कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही काठमाडौंमा पाचौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स (SLI) बीच एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित गर्नेछ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

दुबै कम्पनीको चल अचल सम्पती तथा दायित्व मुल्यांकन प्रतिवेदन (डिडिए) तथा अन्य सम्बन्धित मूल्य तथा मान्यता समेतका आधारमा शेयर अनुपात १ बराबर १ को अनुपात कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २९ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार माघ २६ गतेसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति:February 3, 2023