४ लाख ३५ हजार नक्कली नोट बोकेका दुई जना पक्राउ

  Sampatti News Online

February 5, 2023

काठमाडौं– सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा सिरहास्थित लहान नगरपालिका वडा नम्बर १९ का ३० वर्षीय का मोहम्मद ओसिन र सोही नपा १० का २२ वर्षका मोहम्मद राज शेख रहेका छन् ।

नियन्त्रणमा लिइएका उनीहरुको साथबाट एक हजार दरका चार सय ३५ थान नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, सात थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँसमेत बरामद भएको छ। 

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको सहायक प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति:February 5, 2023