सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीकाे निर्णय

  Sampatti News Online

February 5, 2023

काठमाडैँ ।आइतबार (आज) राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृह मन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको रास्वपाका एक नेताले बताए । बैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

प्रकाशित मिति:February 5, 2023