झिनो अंकले बढेर बन्द भए नेप्से

  Sampatti News Online

February 5, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकले बढेको छ । आजको कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्ततः झिनो अंकले बढेर बन्द भएको हो । 

आज नेप्से १.५४ अंकले बढेर दुई हजार ९६ दशमलब ८ विन्दुमा बन्द भएको छ । कारोबार रकम दुई अर्ब समेत पुग्न सकेको छैन । आज एक अर्ब ९३ करोड १७ लाख रुपैयाँ भन्दा बढीको भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १०८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार एक सय २१ रुपैयाँ पुगेको छ र पोखरा फाइनान्सको शेयरमूल्यमा ८.४९ प्रतिशतले बढेर प्रतिकित्ता ४२५.३० रुपैयाँ पुगेको छ ।          

यता इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ५.४५ प्रतिशतले घटेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको ३.८४ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.६३ प्रतिशतले घटेको छ।

यस दिन नेपाल लाइफको सबैभन्द धेरै ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ५ करोड ८५ लाख, नविल बैंकको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ।

                        
 

प्रकाशित मिति:February 5, 2023