राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  Sampatti News Online

February 6, 2023

काठमाडौँ । संघीय संसद् अन्तर्गत आज बिहान ११:५९ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्नेछन् । राष्ट्रियसभा अध्यक्षले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तो छ आजको कार्यसूची:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्याङ्कन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अभिलेख संरक्षण(पहिलो संशोधन)विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित मिति:February 6, 2023