राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

  Sampatti News Online

February 6, 2023

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छिन्। कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएकाले सत्तागठबन्धनकी साझा उम्मेदवार बनेकी अर्याल सर्वसम्मत निर्वाचित भएकी हुन्।

सोमबारको बैठकमा सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाकी माननीय सदस्य उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

अर्यालले नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा देवेन्द्र दाहाल र खिमलाल देवकोटाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्।

यस्तो छ अर्यालको राजनीतिक यात्र
बिस २०१३ साल असोज २० गते पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा जन्मिएको अर्यालको हालको ठेगाना विरगञ्ज महानगरपालिका– २३, गण्डक चोक रहेको छ । उनी हाल काठमाडौँको बूढानीलकण्ठ–४, रुद्रेश्वरमा बस्दै आएकी छन् । उनका श्रीमान् डा. यमबहादुर थापा हुन् भन् अर्यालका एक/एक छोरा र छोरी छन् । 

शिक्षा
१. विद्यावारिधि (विद्यार्थी)– राजनीतिक समाजशास्त्र, रिम्टस् विश्वविद्यालय पञ्जाव, भारत
२. एम.ए. समाजशास्त्र, जुलाई २०१३,  इन्दिरा गान्धी विश्वविद्यालय, भारत
३. Continuing Education Course University of Massachusetts,
Amherst, Massachusetts USA 01003-3260 July 1994
ईमेल : urmila.aryal@hotmail.com 

राजनीतिमा प्रवेश
वि.सं. २०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश ।
वि.सं. २०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता प्राप्त ।

राजनीतिक जिम्मेवारी :
२०३५ साल चैत्रमा तत्कालीन नेकपा चौम जिल्ला कमिटी सदस्य ।
२०३६ सालमा तत्कालीन चौम अन्तर्गत अनेम संघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य ।
२०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियू उपसभापतिमा निर्वाचित ।
२०३८ सालमा तत्कालीन चौम अन्तर्गत अयोध्यामा भएको अनेम संघको पहिलो राष्ट्रिय सम्मेलनबाट पहिलो केन्द्रीय अध्यक्ष पदमा निर्वाचित ।

२०३८ सालमा अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलनको अध्यक्षता ।
२०३८ सालमा शान्ति क्षेत्र प्रस्तावको औचित्यबारे अखिल भारत नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा अध्यक्षता ।

२०४६ सालमा नेकपा एमालेमा प्रवेश ।
२०५० सालमा नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित । सोही वर्ष राजविराजमा सम्पन्न अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित । 
२०४८ र २०५१ मा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यासी भई उपविजेता । 
२०५१ सालमा नेपाल कोल लिमिटेडको अध्यक्षको जिम्मेवारी वहन ।
२०५६ सालमा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित ।
२०५९ माघको सातौं महाधिवेशनबाट नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित ।

२०५८ देखि २०६३ सालसम्म Rural and indigenous women taskforce of asia pacific forum on women law and development को स्टेरिङ कमिटी सदस्य
२०६३ चैत्र १० देखि २०६४ ज्येष्ठ १० गतेसम्म नेपाल सरकारको महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री ।

२०६५ सालमा वुटवलमा सम्पन्न आठौं महाधिवेशनवाट नेकपा (एमाले)को केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्यमा निर्वाचित ।

सन् २००९ नोभेम्वरमा Workers’ Party of Bangladesh को आठौं महाधिवेशनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरी नेकपा एमालेको तर्फबाट शुभकामना सन्देश सम्प्रेषण गरेको ।
२०६४ सालदेखि महिला लोकतान्त्रिक सञ्जालको केन्द्रीय अध्यक्ष ।

२०६७ चैत्रदेखि २०६८ भाद्र ११ गतेसम्म नेपाल सरकारको स्थानीय विकास मन्त्री ।
विभिन्न समयमा नेकपा (एमाले) पार्टी स्कूल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरेको ।
२०७० ज्येष्ठ ४ गते एकीकृत नेकपा (माओवादी)मा प्रवेश । हाल पार्टीमा स्थायी कमिटी सदस्य ।
२०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित ।

पार्टी तथा सरकारको प्रतिनिधि भई गरेका विदेश भ्रमण : चीन, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीटजरल्याण्ड आदि ।

प्रकाशित मिति:February 6, 2023