शेयर बजारमा उछाल

  Sampatti News Online

February 7, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेप्से ७६.६४ अंकले बढेर दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज नेप्सेमा तीन अर्ब ३६ करोड २२ लाख बराबरको कारोबार भएको छ । यसअघिको कारोबारमा दुई अर्बपनि भएको थिएन । आज कारोबार भएका कम्पनीमध्ये २१५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज चार कम्पनीको शेयुमूल्य १० प्रतिशतले बढेको छ भने पाँच वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ । 

आज आएसीएफसी फाइनान्स डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज १२ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।      

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधकि ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

                          

प्रकाशित मिति:February 7, 2023