स्थानीय तहलाई अनुदान रकम सम्बन्धी विवरण बुझाउन अर्थ मन्त्रालयको निर्देशन

  Sampatti News Online

February 7, 2023

काठमाडौँ । अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा पठाउन भनिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेको थियो । सोही माग गरेबमोजिम सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई १० दिनभित्र अनुदान रकमसम्बन्धी विवरण पठाउन परिपत्र गरेको जनाएको छ ।

परिपत्र अनुसार स्थानीय तहहरूले अनुदान दिने निकाय, अनुदान रकम, अधिकतम र न्यूनतम अनुदान, अनुदान पाउने संस्था, अनुदानको प्रभावकारिता लगायतका विषयवस्तु समेटेर विवरण पठाउनु पर्नेछ ।

प्रकाशित मिति:February 7, 2023