सवारी दुर्घटनामा परि, एक जनाको मृत्यु

  Sampatti News Online

February 8, 2023

काठमाडौं– काठमाडौंको तीनकुने मुनिभैरवमा आज बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल एक आपसमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राई रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान साढे तीन बजे मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान तीन बजे बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोकिएको प्रहरीले जानकारी दिए।

प्रकाशित मिति:February 8, 2023